राष्ट्रिय समाचार

टोपी दिवश मनाइयो

बिज्ञापन

काठमाडौं । अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतका वर्षमा झैँ १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवश मनाइएको हो ।

बिज्ञापन

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएपछि केही युवाले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । त्यसयता हरेक वर्ष जनवरी १ मा टोपी दिवश मनाइँदै आएको हो ।

राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्र प्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल गायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर आज टोपी दिवस मनाएका छन् । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्द्धन गर्ने उद्देश्यले टोपी दिवस मनाएकाे उनीहरुकाे भनाइ छ ।

बिज्ञापन