घटना समाचार

काबुलको सैन्य विमानस्थलमा शक्तिशाली विस्फोट, १० जनाको मृत्यु

बिज्ञापन

काठमाडौं । काबुलको सैन्य विमानस्थलबाहिर शक्तिशाली विस्फोट भएको छ । उक्त विस्फोटमा परि कम्तीमा १० जनाको मृत्यु र ८ जना घाइते भएको तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले जानकारी दिएका छन् ।

बिज्ञापन

उनका अनुसार काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको थियो । उत्तरी तकहार प्रान्तको राजधानी तलुगान सहरमा भएको शक्तिशाली विस्फोटको तीन दिनपछि सैन्य विमानस्थलमा अर्को विस्फोट भएको हो । उक्त विस्फोटमा चार जना घाइते भएका थिए ।

पछिल्ला केही महिनामा युद्धग्रस्त काबुलमा विस्फोटलगायत बढ्दो सुरक्षा खतरा सामना गरेको छ । विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन । यद्यपी पछिल्लो विस्फोटबारे प्रहरीले अनुसन्धान गरेको जनाएको छ ।

बिज्ञापन