Sudur Pradesh News

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

बिज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई पुस २७ गतेसम्म समय दिएको छ ।

बिज्ञापन

कुनै एक दलको मात्र प्रदेशसभामा बहुमत नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न भनिएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले बुधबार जारी गरेको सूचनामा पुस २७ गते बुधबार अपरान्ह ५ बजेसम्म दाबी पेश गरिसक्न दलहरूलाई समय दिइएको छ ।

बिज्ञापन