Sudur Pradesh News

कैलालीका सिडीओसँग गृहमन्त्री लामिछानेको कुरा

बिज्ञापन

धनगढी । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई आम नागरिकलाई सुरक्षाको अनुभुति र निम्न वर्गलाई पनि सहज सेवा पाउने वातावरण मिलाउन निर्देशन दिएका छन् ।

बिज्ञापन

सोमबार देशैभरिका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसंग भर्चुअल कुराकानी गर्ने क्रममा कैलालीका सिडियो किरण थापासँग एक मिनेट कुरा गर्दै मन्त्री लामिछानेले आम नागरिकबाट सेवा नपाएको गुनासो आउन नदिने गरि काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री लामिछानेले समसामयिक सुरक्षाका विषयमा छलफल गरेको कैलाली प्रमुख जिल्ला अधिकारी(सिडियो) थापाले बताए ।  गृहमन्त्री लामिछानेको भनाईलाई उद्दृत गर्दै प्रजिअ थापाले भने ‘जिल्लामा हुने अपराधिक घटनाहरुलाई हामी सबै मिलेर रोकथाम गर्नु पर्ने जरुरी रहेको देखिन्छ ।’ 

त्यसबाहेक गृहमन्त्री लामिछानेले सरोकारवालाबाट आएको गुनासोहरुलाई कसरी व्यवस्थापन गर्ने, आम जनताहरुमा सुरक्षाको विश्वास कसरी कायम गर्ने, राज्यले अभिभावकत्व कसरी निभाउँने गर्ने, समान्य ग्राउण्ड जिरोमा भएका जनताहरुलाई कसरी सेवा दिने, स्थानिय तहमा भएको समस्याको समाधान सोही क्षेत्रमै समाधान गर्ने बन्दोवस्त मिलाउन समेत सिडियो थापालाई निर्देशन दिएका थिए ।

‘आम जनताहरुलाई हामीले कसरी छिटो छरितो यहाँबाट पाउनु पर्ने सेवा सुविधा दिन सकिन्छ त्यो व्यवस्था गर्न गृहमन्त्री ज्यूले निर्देशन दिनुभएको छ,’ प्रजिअ थापाले भने, ‘जनताको सुरक्षाका लागि सकेसम्म अपराधिक घट्नाहरु घट्नै नदिन र घट्ना भईहाले पछि तुरुन्त एक्सन लिन निर्देशन आएको छ ।’

अहिले जिल्लामा मुख्य समस्याका रुपमा रहेको भनेको राहदानी, राष्ट्रिय परिचय पत्र बनाउनमा भईरहेको ढिलाईबारे समेत गृहमन्त्रीले चासो देखाएका थिए । 

राजस्व चुहावट हुन नदिन र कही कतैबाट त्यस्तो भएको पाईएमा कडा भन्दा कडा कारवाही गर्न पनि गृहमन्त्री लामिछानेले निर्देशक दिएका छन् । 

गृहमन्त्री लामिछानेले जिल्लामा सरकारी कुनै पनि कामकाजमा राजनीतिक दबावमा नबस्न पनि अनुरोध गरेका छन् । 

बिज्ञापन