घटना समाचार

जनार्दन शर्मा अर्थमन्त्री हुँदा कालो धन नेपाल ल्याउन खोज्ने पृथ्वी शाह अवैध कारोबारमा पक्राउ

बिज्ञापन

काठमाडौं । अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

बिज्ञापन

शाहसहित पक्राउ पर्नेमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुपमाङगत काफ्ले र रंगबहादुर साउद रहेका सीआईबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ गरिएका ६ जनालाई नै सीआईबीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध अवैध ठगीको मुद्दा चलाइने प्रवक्ता थापाले बताए ।

प्रवक्ता थापाका अनुसार शाहसहित ६ जनाले दर्जनौं कम्पनी खडा गरेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर अर्थात ३ करोड २२ लाखभन्दा बढी नेपाली रुपैयाँ गैरकानूनी कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

शाहसहितले विदेशी नागरिकलाई विश्वासमा पारेर स्विफ्टमार्फत करोडौँ रुपैयाँ ठगी गरी नेपाल भित्र्याएको खुलेको छ ।

शाह जनार्दन शर्मा अर्थमन्त्री भएका वेला ४० करोडभन्दा बढी स्रोत नखुलेको रकम विदेशबाट नेपाल भित्र्याउन सक्रिय भएपछि चर्चामा आएका थिए । उनको कालो धन नेपाल भित्र्याउन सघाउन तत्कालीन अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकलाई पत्र लेखेका थिए ।

तर, राष्ट्र बैंकले नमानेपछि गभर्नर महाप्रसाद अधिकारीलाई शर्माले सोही विवादपछि हटाएका थिए । अधिकारी अदालतको आदेशबाट पुनर्वहाली भएका थिए ।

बिज्ञापन