राजनीति

ओलीलाई सत्ताच्यूत गर्न मेरो निर्णायक भूमिका थियो : अध्यक्ष नेपाल

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई सत्ताच्यूत गरेर राजनीतिलाई सही दिशामा ल्याउन आफूले निर्णायक भूमिका खेलेको बताएका छन् ।

बिज्ञापन

एकीकृत समाजवादी निकट नेवा मोर्चाको भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेभित्र मौलाएको निरंकुशता, व्यक्तिवाद र संविधान मिच्ने प्रवृतिविरुद्ध बेलैमा आफूहरुले हस्तक्षेप गरेर सही गरेको समेत बताए ।

उनले आफ्नै अगुवाइका कारण नेपाली राजनीतिले त्यसबेला नयाँ यात्रा तय गरेको बताए । उनले भने, ‘एमालेभित्र निरंकुशता र व्यक्तिवाद थियो । संविधानको आफूखुसी व्याख्या गर्ने प्रवृति भयो । नेपालको राजनीति गलत दिशामा जान थालेकाले ठिक दिशामा लैजान समयमा हस्तक्षेप गरयौं ।’

उनले त्यसबेला आम नागरिक समाज र जनताको साथ पाएको भन्दै भने, ‘फलस्वरुप हामीले नयाँ यात्रा प्रारम्भ गरेको हो र त्यो यात्राको अगुवाई हामीले लिएका थियौं ।’ अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुले प्रत्यक्षमा राम्रो नतिजा पाएपनि समानुपातिकमा पाउन नसकेको विषयमा छलफल भइरहेको बताए ।

बिज्ञापन