राजनीति

राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्छन् : प्रचण्ड

बिज्ञापन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने टिप्पणी गरेका छन् । आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै उनले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने मोटामोटी सहमति भएको बताएका हुन ।

बिज्ञापन

अध्यक्ष प्रचण्डले राष्ट्रपति गैरराजनीतिक क्षेत्रबाट नभई राजनीतिक दलबाटै हुने भन्दै भने, ‘राष्ट्रपतिबाट गैरराजनीतिक क्षेत्रबाट होइन, राजनीतिक दलबाटै हुन्छ ।’

प्रचण्डले शक्ति बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको भन्दै अहिले नै त्यसको ठोस खाका बन्न नसकेको बताए ।

बिज्ञापन