राष्ट्रिय समाचार

भंगहामा करिब ६ करोड लागतमा थारु संग्राहलय बन्ने

बिज्ञापन

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संग्राहलय बन्ने भएको छ । थारु संग्राहलय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले त्यहाँ थारु संग्राहलय निर्माण गर्ने घोषणा गरेका छन् ।

बिज्ञापन

थारुजाती इमानदार र मेहनेती भएको बताउँदै मन्त्री चौधरीले भने, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातीको इतिहास जोगाउन जरुरी छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरुले नेपाली भूमिको समेत सुरुक्षा गरेका छन् । तपाईहरु संग्रालयको गुरु योजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।’

थारु समुदाय राजनीतिमा समेत अग्रसर हुन मन्त्री चौधरीले आग्रह गरे । मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिपकुमार चौधरीले संग्राहलय बनाउन मन्त्रीलाई ज्ञापनपत्र बुभाएको बताए ।

‘संग्राहलय करिब ८ विघामा बन्ने छ । थारु भेषभुषा, संस्कृति झल्किने सामग्रीहरुको प्रदर्शनी हुनेछ । थारु खानाका परिकारहरु उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिने बताइएको छ । साथै, विभिन्न पर्वहरु, उत्सवहरु मनाउने व्यवस्था हुनेछ । यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्यसमेत बन्ने छ’ उनले सुनाए । थारु संग्राहलयको अनुमानित खर्च ६ करोड हुने बताइएको छ ।

बिज्ञापन