घटना समाचार

तेह्रथुममा १४ बर्षीया किशोरी बलात्कृत

बिज्ञापन

तेह्रथुम । तेह्रथुममा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

किशोरीमाथी करणी गरेको आरोपमा पाचँथर फिदिम नगरपालिका-३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन