राजनीति

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

बिज्ञापन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज(शनिबार) बस्दै छ । वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्न लागेकाे हाे ।  बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।

बिज्ञापन

बैठकमा संसद्मा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका थिए । सभापति देउवा निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन् । त्यसअघि दलको बैठक बस्न लागेको हो ।

बिज्ञापन