राष्ट्रिय समाचार

वादी समुदायको जीविकोपार्जनका लागि परिणाममुखी पहल गर्छौँ : प्रम प्रचण्ड

बिज्ञापन

काठमाडौं, पुस २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणाममुखी पहल गरिने बताउनुभएको छ ।

बिज्ञापन

शनिबार बिहान प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बधाई तथा ज्ञापन पत्र दिन आएका वादी समुदायका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रिपरिषद्बाट निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने बताउनुभयो ।

“म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनस्थापनाका लागि निर्णय गरेको स्मरण छ । इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पौष २३ को दिनलाई विजयोत्सवका रूपमा मनाउनुपर्छ ।”

उहाँले भन्नुभयो, “वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौँ ।”

वादी समुदायका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डलाई कार्यकाल सफलताको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनस्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नै वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिक रूपमा सम्बोधन गरेकोमा धन्यवाद दिनुहुँदै उहाँहरूले अहिलेको कार्यकालमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

बिज्ञापन