राष्ट्रिय समाचार

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

बिज्ञापन

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाइ सडक दुईतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो । सोही स्थानमा गत आइतबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

बिज्ञापन