राष्ट्रिय समाचार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

बिज्ञापन

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।

बिज्ञापन

लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि माघ २५ गते उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान गर्ने र निर्वाचनमा सहभागी हुने दलले दर्ता गर्नुपर्ने व्यवस्था छ ।

बिज्ञापन