राजनीति

एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

बिज्ञापन

प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दुई वा दुई भन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गरेका कार्कीलाई प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

६० जना सांसदको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबैको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरेको थियो । तर, एमाले र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएसँगै कार्की मुख्यमन्त्री बनेका हुन् ।

बिज्ञापन