घटना समाचार

टीकापुरमा शव वाहन र मोटरसाईकल एकापसमा ठोकिदा दुई जना घाइते

बिज्ञापन

टीकापुर, २४ पुष । टीकापुरमा शव वाहन र मोटरसाईकल एकापसमा ठोकिदा दुई जना घाइते भएका छन् ।

बिज्ञापन

हिजो राति करिब ८.०० बजेतिर मोतीनगरको चिलम चौराह भन्ने ठाउँमा टीकापुर अस्पतालबाट लास बोकेर मोतिनगरतिर गइरहेको शव वाहन र मुनुवा बेलपुरुवाबाट आइरहेको मोटरसाईकल एकापसमा ठोकिदा मुनुवा बेलरुवा हाल सप्तऋषि स्कूलमा पियुनमा कार्यरत ३८ वर्षिया चन्द्र बहादुर थारु र सोही स्कूलमा ड्राइभर रहेका टी.न.पा–४ ठानापुर बस्ने अन्दाजी २९ वर्षिय बल बहादुर चौधरी घाईते भएका छन् । चन्द्र बहादुर थारुको दायाँ खुट्टाको माथिल्लो भागको हड्डी तीन टुक्रा भएको छ र बल बहादुरको दाहिने हातको औलाको हड्डी भाँचिएको सप्तऋषि स्कूलका प्रिन्सिपलले मालिका समाचारलाई बताएका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाईकल ठोकिएर काम लाग्ने भएको छ भने शव वाहन र मोटरसाईकललाई ईलाका प्रहरी कार्यलय टीकापुरले आफ्नो नियन्त्रणमा लिएको छ ।

बिज्ञापन