अर्थ

पेट्रोलको मूल्य घट्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रुपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक)मा २० रुपैयाँ कम गरेको छ ।

बिज्ञापन

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रुपैयाँ डिजेल र मट्टीतेल १७२ रुपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रुपैयाँ थियो ।त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रुपैयाँ नै छ । निगमका अनुसार आईओसी र नेपाल सरकारको गरेर अझै १८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।