घटना

फेरि पंजाबमा तीन नेपालीको मृत्यु, दुई जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नयाँदिल्ली । भारतको पन्जाबमा दुर्घटनामा परी तीन नेपाली युवाको मृत्यु भएको छ भने अन्य दुई नेपाली युवा घाइते भएका छन् । तीव्र गतिमा रहेका कारको ठक्करबाट सडकमा पैदल हिँड्दै गरेका ती नेपालीको पन्जाबको भुल्लार गाउँमा मृत्यु भएको हो ।

भारतीय दैनिक ट्रिब्युनका अनुसार मृत्यु हुनेमा रोहित आचार्य, दिलन थापा र सन्तोष थापा छन् । भुल्लारस्थित एक विवाह पार्टी प्यालेसमा कामदार रहेका उनीहरु सबै २५ वर्षमुनिका छन् । त्यस्तै घाइते हुनेमा रोहित थापा र समीर चौहान छन् ।

बिज्ञापन

ट्रिब्युनले सो घटनाबारे समाचारमा जनाएअनुसार कार चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको थियो । कारले नेपालीहरुलाई किचेपछि सडक छेउको पर्खालमा ठोकिँदै रुखमा गएर बजारिएर रोकिएको थियो । कारमा रहेका व्यक्ति पनि घाइते भएका छन् । पञ्जाव प्रहरीले उक्त घटनाबारे छानबिन सुरु गरिसकेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।