घटना समाचार

भर्खरै आयो लखनऊमा भएको बस दुर्घटनाको विवरण
आलु बोकेको ट्रकलाई पछाडिबाट बसले ठोकेको थियो

बिज्ञापन

टीकापुर, २५ पुष । हामीले केहि समय पहिले टीकापुर आइरहेको बस लखनऊमा दुर्घटना भएको समाचार सम्प्रेषण गरेका थियौं, समाचार लेख्दासम्म घटनाको पूरा विवरण आइसकेको थिएन तर अहिले भर्खरै भारतका पत्रकार आदेश शर्मा र लखनऊ प्रहरीले दिएको विवरण अनुसार आज विहान करिब ३.०० बजेतिर लखनऊ–आगरा एक्सप्रेसको उन्नावको नजिक आलु लिएर कन्नौजतिर गईरहेको आइसर मिनी ट्रकलाई पछाडिबाट राजकोटबाट तिकुनियाँ बोर्डर हुँदै टीकापुर आउँदै गरेको बसले पछाडिबाट ठोक्दा वसको अगाडिको भाग पूरा क्ष्यतविक्षत भएर काम नलाग्ने अवस्था छ भने त्यसमा सवार रहेका टीकापुर निवासी ३५ वर्षका लतित साउँद, ज्योतिनगर निवासी वर्ष ५० का चन्द्र साउँद र कमला बोहराको मृत्युको भएको छ भने घाइते हुनेमा वर्ष ३२ का हरीनाम (खक्रौल), वर्ष २५ की निर्मला, वर्ष ३० का दीपक, अमर सिंह, पुतनादेवी रावल, बहराइचका इबरार शेख, जानकी सिंह गम्भीर घाइतेहरुको लखनऊ स्थित सीएचसी औरासमा उपचार भइरहेको छ ।

बिज्ञापन


स्थानीय प्रहरीद्वारा मृतकको शवको सनाखत गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाइएको छ । दुर्घटनाको समय बाक्लो कुहिरो लागेको हुँदा अगाडि गइरहेको मिनी ट्रकलाई बस चालकले नदेखेकोले पछाडिबाट टक्कर दिएको थियो । टक्कर दिदा मिनी ट्रक र बस घिस्रीएर केहि परसम्म पुगेका थियो । सबैभन्दा अगाडि बसेका यात्रुहरु गम्भिर घाइते भएका छन् भने पछाडि बसेका यात्रुहरु सामान्य घाइते भएका छन् ।


स्वास्थ रहेका यात्रुहरुलाई अर्को बसको व्यवस्था गरेर उनीहरुको गन्तव्यतिर पठाइएको त्यहाँको स्थानीय प्रहरीले बताएको छ भने अहिले त्यहाँको सवारी आवागमन सूचारु भएको छ ।

बिज्ञापन