राजनीति

ओलीको दाबी- सत्ता गठबन्धन देश र जनताको लागि केही गर्न बनेको हो

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमले अबको सरकारको मार्गचित्र देखिएको बताएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘यो टीम देश र जनताको लागि केही गर्न बनेको हो । सरकार बन्नको लागि बनेको होइन । एउटा गठबन्धनको ठाउँमा अर्को गठबन्धन भएको होइन । अहिलेको जनादेश नै फरक हो । अहिलेको जनादेशले केही नयाँ पार्टी र सांसदको उदय भएको छ । हिजो जुन गठबन्धन थियो, त्यसमा आफैंमा सरकार बनाउन सक्ने सामर्थ्य पनि रहेन ।’

गठबन्धनको डेढ वर्षको कार्यकाल हेर्दा देश र जनताको पक्षमा काम गर्ने ल्याकत र क्षमता नदेखिएको उनको भनाइ छ । ताजा जनादेशअनुसार जनताको आशा र भरोसाअनुसार अहिलेको सरकार बनेको उनले जिकिर गरे ।

ओलीले भने, ‘कतिपयले राजनीतिक खेल छिटो छिटो भयो भन्छन् । तर, मंसिर ४ गते निर्वाचन भएको पुस १० गते सरकार बनेको छ । कहाँ भयो छिटो ? सुविचारिक ढंगले अनेक छलफल र विचार विमर्श गरेर यो सरकार गठन भएको हो सवा महिनाको अभ्यासपछि ।’

उनले नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।

बिज्ञापन