राष्ट्रिय समाचार

यस वर्ष सरकारले गाडी नकिन्ने

बिज्ञापन

काठडमौं । यस वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

बिज्ञापन

सरकारले दोहोरो भूमिका भएका संस्थानहरू खोरज गर्ने बताएको छ । न्यूनतम साझा कार्यक्रममार्फत गठबन्धन सरकारले आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पुर्‍याउने महत्त्वकांक्षी कार्यक्रम समेटेको छ ।

‘दोहोरो भूमिका भएका र प्रभावकारी भूमिका नभएका संस्थानहरूलाई खारेज गरिनेछ,’ न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलका संयोजकसमेत रहेका अर्थमन्त्री पौडेलले भने, ‘वैदेशिक व्यापारमा आएको शिथिलता अन्त्य गर्न बैकिङ प्रणालीमा सुधार गर्ने, सार्वजनिक संस्थाबाट आएको वस्तु तथा सेवाको मूल्य उचित राख्ने ।’

उनले आर्थिक क्षेत्रको शिथिलतामा सुधारका लागि अनौपचारिक आर्थिक गतिविधिलाई औपचारिक क्षेत्रमा आकर्षित गर्ने बताए ।

‘पाँच वर्षमा आर्थिक वृद्धि दुई अंकनजिक पुर्‍याउने,’ पौडेलले भने, ‘त्यसका लागि स्वेदेशी कच्च पदार्थमा आधारित उद्योगहरूमा जोड दिने । जुत्ता, औषधि र सिमेन्टको उत्पादनलाई प्रोत्साहन दिने, भन्सार नियमनको माध्यमबाट स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्ने ।’

उनले सरकारको न्यूनतम सार्वजनिक गर्दै रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने बताए ।

पौडेलले उद्योमी व्यवसायीलाई पुँजी परिचालनमा सहयोग गर्ने नीति घोषण गर्दै व्यावसायिक र लगानीमैत्री वातारण निर्माणका लागि नीतिगत र संरचनागत सुधारमा काम गर्ने बताएका छन् ।

बिज्ञापन