राष्ट्रिय समाचार

शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष शर्मा मुम्बईबाट पक्राउ

बिज्ञापन

काठमाडौँ– शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतको मुम्बईबाट पक्राउ परेका छन् । 

बिज्ञापन

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको हो ।

उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

जम्मा गरेको रकम फिर्ता नपाएपछि निक्षेपकर्ताहरूले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए । फरार रहेका शर्मालाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनको सहकारीबाट करिब १ लाख पीडित रहेको बताइएको छ ।

बिज्ञापन