राष्ट्रिय समाचार

टिस्यूपेपर खरिदमा भ्रष्टाचार

बिज्ञापन

काठमाडौं । पछिल्लो समयमा सरकारी कार्यालयमा टिस्यूपेपर प्रयोग गर्ने प्रचलन गर्ने क्रम बढेको छ । सरकारी कार्यालयमा यस्तो प्रयोग बढेसँगै नेपालमा टिस्यू पेपर उत्पादन गर्ने कम्पनीहरु पनि बढ्दै गएका छन्् । सरकारी कार्यालयका हरेक कोठाका टेबुलमा टिस्यूपेपरको बट्टा यत्रतत्र देख्न पाइन्छ । सवारी साधन र इन्धनको बेपर्वाह दुरुपयोग गर्ने खानेपानी मन्त्रालयमा टिस्यूको प्रयोग नहुने कुरै भएन ।

बिज्ञापन

सूचनाको हक प्रयोग गर्दै खानेपानी मन्त्रालयमा मन्त्री र कर्मचारीले गरेको सत्ताको दुरुपयोगको विवरण माग गरेका थियौं । खानेपानी मन्त्रालयबाट प्राप्त सूचनाअनुसार प्रतिबट्टा २ सय ६० रुपैयाँमा टिस्यू पेपर खरिद गरिएको विवण उपलब्ध गराइएको छ ।

जबकि, बजारको खुद्रा मूल्यमा खरिद गर्दा पनि उक्त बट्टा १ सय २० देखि १ सय ५० रुपैयाँ भन्दा बढी पर्दैन । अझ थोक मूल्यमा त ६० देखि १ सय रुपैयाँसम्म बजारमा पाउन सकिन्छ ।

काठमाडौं कै सिंहदरबारभित्र रहेको खानेपानी मन्त्रालयले हुम्लाका कार्यालयले खरिद गर्दा तिरेको मूल्य तिरेर टिस्यू किनेका छन् ।

स्टोरप्रमुख दीपेन्द्रराज अधिकारी, लेखाप्रमुख यामनारायण शर्माको मिलेमतोमा बढीमा १ सयदेखि १ सय ५० रुपैयाँमा पाइने टिस्यूपेपर २ सय ६० प्रतिबट्टा खरिद गरिएको र उक्त खरिद कार्यको लागि योग्यतासमेत नपुगेको काठमाडौंको थापागाउँमा अवस्थित हिकारी इंक प्रालिलाई रोजिएको छ । उक्त कम्पनीले मन्त्रालयमा विभिन्न प्रकृतिका खरिद तथा मर्मत गरेको पाइएको छ ।

त्यस्तै, जस्तोसुकैले अनुमान लगाउन सक्ने १ हजार ५ सय रुपैयाँ प्रतिबर्गमिटर पर्ने कार्पेट मन्त्रालयले प्रतिबर्गमिटर २ हजार ४ सय रुपैयाँमा खरिद गरी फिटिङ गरेको छ ।

उक्त कार्पेट बजार दररेट भन्दा ५० प्रतिशत बढी मूल्यमा खरिद गरिएको प्रष्ट छ । अख्तियारलाई समेत गिज्याउनेगरी कार्पेट र इन्टेरियर डिजाइनका सामान खानेपानी मन्त्रालयले खरिद गरेको प्रष्ट देखिन्छ ।

बिज्ञापन