सन्त निरंकारी आर्दश विद्या मन्दिरको व्यवस्थापन समितिको अध्यक्षमा श्रीराम काफ्ले पुनः चयन

टीकापुर, २७ पुष । सन्त निरंकारी आर्दश विद्या मन्दिरको व्यवस्थापन समितिको अध्यक्षमा पुनः श्रीराम काफ्ले सर्वसम्मतिबाट चयन हुनु भएको छ ।

सन्त निरंकारी सत्संग भवन टीकापुरमा आयोजित सन्त निरंकारी आर्दश विद्या मन्दिर मा.वि.को सार्वजनिक शैक्षिक गुठीको गुठीयार बोर्ड समिति तथा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा सम्पन्न बैठकले श्रीराम काफ्लेलाई पुनः तीन वर्ष कार्यकालको लागि चयन गरेको छ भने सदस्यमा हृदय राज रेग्मी, लक्ष्मी बोहरा, पदेन सदस्यमा मोहन बहादुर बि.क. (वडा अध्यक्ष, टीन.पा.–१), शिक्षक प्रतिनिधिमा उदय राज रेग्मी, पदेन सचिवमा टेक बहादुर चन्द र पदेन सदस्य (विद्यालय निरीक्षक प्रमुख टी.न.पा) नरेश अवस्थि रहनु भएको छ । त्यस्तै बल बहादुर रावल संयोजक रहनु भएको सल्लाहकार समितिमा सदस्यहरुमा मीन बहादुर बि.क., नर बहादुर थापा, धन सिंह नेपाली, दीपक रावल, पूर्ण कुमाल र प्रकाश भण्डारी छन् ।


उक्त अवसरमा गुठीयार बोर्ड समितिका सचिव महादेव भण्डारी, कोषाध्यक्ष बल बहादुर सार्की, सदस्य नर बहादुर बटाला, देवराज रिमाल लगायत स्थानीय अभिभावक तथा सन्त–भक्तहरुको उपस्थिति रहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.