गौरीघाटको किराँतेश्वर मन्दिर छेउमा युवक जले
लोक कल्याणकारी विज्ञापन

काठमाडौंको गौरीघाट नजिकै जलेको अवस्थामा एक युवक मृत भेटिएका छन् । उनी भक्तपुुर, जगातीका २६ वर्षे सुजन शिल्पकार भएको बताइएको छ । आगोमा जलेका उनको अनुहार डढेर चिन्न नसकिने देखिन्छ । सुजनको शव नजिकै पेट्रोलको खाली बोतलर र लाइटरसमेत फेला परेको प्रहरीले जनाएको छ ।
किराँतेश्वर मन्दिर नजिकै फेला परेको उनको शवलाई प्रहरी वृत्त गौशालाले आज बिहान मुचुल्का उठाएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगेको हो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
