द्वन्द्व सकियो, सकिएन बारुदी धरापको त्रास

दशवर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्न शान्ति–सम्झौता भएको १६ वर्ष बित्यो । तर, द्वन्द्वका बेला सुरक्षाकर्मी र विद्रोही माओवादीले थापेका बारुदी धरापले सर्वसाधारणको ज्यान लिन छाडेको छैन ।
२९ पुस, दाङ । मुलुकमा फैलिएको कोभिड–१९ महामारीका कारण २०७७ वैशाखमा देशभरका विद्यालय बन्द थिए । वैशाख १७ गते मध्याह्न रोल्पाको त्रिवेणी गाउँपालिका–७ को गैरीगाउँका चार जना बालबालिका सधैं झैं खाना खाएर बाख्रा चराउन नजिकैको जंगल गएका थिए ।

द्वन्द्वको बेला निकै त्रासपूर्ण स्थिति भोगेको गैरीगाउँमा शान्ति–सम्झौता भएको १४ वर्षपछि यस्तो घटना घट्यो, जसले त्यो गाउँलाई नै स्तब्ध बनाइदियो । बाख्रा चराउन जंगल गएका चार बालबालिका बम विस्फोटमा परेर मारिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
