घटना समाचार

गौरीघाटको किराँतेश्वर मन्दिर छेउमा युवक जले

बिज्ञापन

काठमाडौंको गौरीघाट नजिकै जलेको अवस्थामा एक युवक मृत भेटिएका छन् । उनी भक्तपुुर, जगातीका २६ वर्षे सुजन शिल्पकार भएको बताइएको छ । आगोमा जलेका उनको अनुहार डढेर चिन्न नसकिने देखिन्छ । सुजनको शव नजिकै पेट्रोलको खाली बोतलर र लाइटरसमेत फेला परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

किराँतेश्वर मन्दिर नजिकै फेला परेको उनको शवलाई प्रहरी वृत्त गौशालाले आज बिहान मुचुल्का उठाएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगेको हो ।

बिज्ञापन