घटना समाचार

६४ जनाको मृत्यु भएको पुष्टि, कोही जीवित भेटिएनन्

बिज्ञापन

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनामा परी अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बिज्ञापन

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको भेटिएको छ । तर, उनीहरुको पहिचान भने भइसकेको छैन ।

एसपी केसीले भने– ‘अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्‍याइसकेका छौं । बाँकी ३४ जनाको शव खोंचमा भेटिएका छन् ।’

३० जनाको शव ३ सय मिटर गहिरो खोंच भएकाले निकाल्न समस्या भएको उनले जानकारी दिएका छन् ।

एसपी केसीका अनुसार अहिलेसम्म कसैलाई पनि जीवित भेटिएका छैनन् ।

जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।

बिज्ञापन