सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सभामुखको निर्वाचनका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । पोखरा विमान दुर्घटनामा सरकारले आज (सोमबार) राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक पनि स्थगित गर्ने सर्वदलीय बैठकले निर्णय गरेको बैठकमा सहभागी एक सांसदले बताए ।

आज बिहान बसेको सर्वदलिय बैठकले सभामुख चयनका लागि आज (सोमबार) बस्ने भनिएको प्रदेश सभा बैठक भोलि बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए ।

बिज्ञापन

यसअघि दुई चरणमा भएको मतविभाजन हुँदापनि कुनैपनि दलका सभामुखका उम्मेदवारले बहुमत नल्याएपछि सोमबार बिहान ९ बजे प्रदेश सभा बैठक तोकिएको थियो । प्रदेश सभाको सभामुखका लागि कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।