गायिका निराकाे मृत्यु शोकमा आज देशभरका दोहोरी साँझ बन्द

काठमाडौं । यती एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकी लोक गायिका निरा छन्त्यालको मृत्युको शोकमा आज देशभरका दोहोरी साँझ बन्द हुने भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले आज देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानको सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको विज्ञप्तीमार्फत जानकारी दिएकाे छ ।
गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२२ वर्षिया गायिका छन्त्याल लाइभ दोहोरीकी चर्चित गायिका हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
