राजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक अहिले बिहान साढे ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ ।

बिज्ञापन

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायतका विषयमा पनि छलफल हुने छ । कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसमा दुईपक्षबीचको विवाद बढ्दै गएको छ । आइतबार मात्रै शेखर कोइराला समूहले आफ्नो गुटको भेला गर्दै देउवाको सो कदमको आलोचना गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।