राजनीति

उपसभामुख इन्दिरा रानाले रास्वपाबाट दिइन् राजीनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएकी छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै आफूले पार्टीको सबै गतिविधिबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

बिज्ञापन

प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएको र आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन त्यस पदमा रहिञ्जेल आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

राना शनिबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।