राष्ट्रिय समाचार

पाल्पा-गुल्मी सडकखण्ड दैनिक १२ घण्टा बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पाल्पा । पाल्पा–गुल्मी सडकखण्ड एक महिना दैनिक १२ घण्टा बन्द हुने भएको छ । ​

तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो।

बिज्ञापन

बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ । यस्तै दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।

एक महिनामा तोकिएको सडक चौडा तथा मर्मत कार्य सम्पन्न हुने निरौलाले बताए। ठेकेदारले तोकिएको समयमा काम सम्पन्न गर्नुपर्ने छ । यस सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।