सुदूरपश्चिम प्रदेश

‘सुदूरपश्चिमको पीडा राष्ट्रियस्तरमा जोडिन सकेको छैन’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सोमबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री रावलले आफूलाई जनताले राजनीतिको सारथीका रुपमा निर्वाचित गराएकाले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । “यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकांक्षाका लागि पद र प्रतिष्ठाका लागि होइन । मूलतः ग्रामीण क्षेत्रका नागरिकको समस्या, राष्ट्र राष्ट्रियता र समावेशिताको मुद्दासँग जोडिएको छ” उनले भने । 

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै मुख्यमन्त्री रावलले काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने उनले औंल्याए । 

बिज्ञापन

‘सुदूरपश्चिमका लाखौंलाख झुपडीहरुको एकत्वलाई मैले हेर्न जरुरी छ । सामाजिक विकृति र विसंगतिको क्षेत्रमा भएका समस्यासँग जुध्न जरुरी छ’ उनले भने, ‘सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन हातेमालो गर्नुपर्छ ।’ 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।