खेलकुद

नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१७ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल हुनेछ ।

बैठकमा नेपाल टी २० लिग प्रतियोगितामा भएको खर्च विवरण, सीआईबीले दिएको जानकारी र राखेपबाट गठन गरिएको छानबिन कार्यदलको रिपोर्टका आधारमा प्राप्त निर्देशनका विषयमा छलफल हुने बताइएको छ ।

बिज्ञापन

त्यसैगरी पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ ।

बैठकमा यू१९ राष्ट्रिय टीमको कप्तान र उपकप्तान मनोनयनका विषयमा पनि छलफल हुने बताइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।