टीकापुर

टीकापुर महोत्सव सम्पन्न, महोत्सवले अर्थलाई चलायमान बनाउनमा टेवा पुर्याएको चण्डीराज ढकालको भनाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १७ माघ । सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सव २०७९ सम्पन्न भएको छ । महोत्सव समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले महोत्सवले टीकापुरको अर्थतन्त्र चलायमान बनाई महोत्सवले व्यापारीक तथा सामाजिक र कला सँस्कृतिलाई प्रवद्र्धन गर्दै आगाडी बढाउदै लैजाने बताउनुभएको छ । उहाँले अर्थतन्त्र राम्रो बनाउनका लागि सरकार र निजी क्षेत्रको समन्वय हुनु पर्ने र यसका लागि सरकारले सकरात्मक वातावरण बनाउनुपर्ने बताउनुभयो ।

समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य हेम राज गिरी, नेपाली काँग्रेसका क्षेत्रिय उपसभापति परशु राम महतो, नेकपा एमालेका नगर अध्यक्ष धुव्र खत्री, नेकपा माओवादी केन्द्रका तिलक परियार, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपड सोडारी, नागरिक समाजका अध्यक्ष भिमराम चपाई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बिज्ञापन

महोत्सव अवधिमा भएको विद्यालय स्तरिय नृत्य प्रतियोगितामा खड्ग मेमोरियल माध्यमिक विद्यालय टीकापुर पहिलो, विरेन्द्र विद्या मन्दिर दोस्रो, सगुन विदा निकेटन तेस्रो र कर्णाली मावि टीकापुर सान्तवना स्थान हासिल गरेका छन् । विजेता विद्यालयलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

समापन कार्यक्रममा महोत्सव सफल बनाउनमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यत्तित्व, झाक्री प्रर्दशन गर्ने समुहलाई सम्मान गरिएको छ । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षता भएको समापन कार्यक्रम महासचिव नवराज रिमालले गर्नु भएको थियो ।
यस्तै महोत्सवको थारु गाउँ समापन कार्यक्रमका प्रमुख अतिथी पुर्व राज्यमन्त्री जनकराज चौधरीले महोत्सवको थारु गाउँले थारु कला सँस्कृति संरक्षण र प्रर्वद्धनमा सहयोग पुगेको बताउनु भयो । उहाँले टीकापुर महोत्सवको थारु गाउँले थारु कला सँस्कृति प्रवद्र्धन, गर्दै कला प्रतिभाको अवसर प्राप्त, प्राचिन बस्तुको चिनारी, थारु समुदायको परिकारको प्रवद्र्धन र प्रचार, र सबै समुदाय र जातजातिको जमघट गर्दै सद्भावको थलो बनेको बताउनु भयो ।

स्मरण रहोस कि औद्योगिक साँस्कृति शैक्षिक कृषि एवम् पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना भन्ने मुल नारा सहित माघ ४ गतेदेखि टीकापुर महोत्सव संचालन भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।