अर्थ

भारतले आज बजेट सार्वजनिक गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई ।  भारत सरकारले आज आर्थिक वर्ष सन् २०२३/०२४ को अनुमानित आयव्यय विवरण बजेट सार्वजनिक गर्दैछ। 

वित्तमन्त्री निर्मला सीतारमणले स्थानीय समयअनुसार बिहान ११ बजे संसदमा बजेट पेश गर्ने कार्यसूची छ। विगत दुई वर्ष जस्तै यस वर्ष पनि केन्द्रीय बजेट पेपरलेस हुनेछ। हिजो सुरु भएको बजेट अधिवेशनमा आर्थिक सर्वेक्षण पेस गरिएको थियो। 

बिज्ञापन

आर्थिक सर्वेक्षणले कृषि क्षेत्रमा लगानी बढेको देखाएको छ। यस्तो अवस्थामा सरकारले आफ्नो बजेटमा किसानलाई केही राहत दिन सक्ने विश्वास गरिएको छ। आगामी वर्ष हुने लोकसभा चुनावको ठीक अगाडि ल्याउन लागिएको बजेट यो सरकारको अन्तिम पूर्ण बजेट हो। 

बजेट पेश हुनुपूर्व बढ्दो महंगी नियन्त्रणका लागि कस्ता कार्यक्रम आउँछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ। बजेटमा भौतिक पूर्वाधारण निर्माणमा बजेट वृद्धि गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बिबिसीले उल्लेख गरेको छ।  बजेटले मध्यम वर्गलाई करमा राहत दिने पनि अपेक्षा गरिएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।