टीकापुर

जानकी जेसीजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १८ माघ । जानकी जेसीजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सन् २०२३ का लागि निर्वाचित जानकी जेसीजका १० सदस्यको पद हस्तान्त्रण गरिएको छ । पद हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले चालिस वर्ष भित्रका उमेर समुहका यूवाहरुलाई जेसीजले गरेको सम्मानले नेतृत्व, व्यक्तित्व र संस्कार सिकाएको बताउनुभयो ।

उक्त अवसरमा संस्थापक अध्यक्ष भक्तराज देवकोटाले जानकी जेसीज स्थापनामा सहायोग गर्नेलाई धन्यवाद दिदै अहिले जेसीजमा आफ्नो कार्यकाल पुरा भएपनि सामाजिक जीवनमा महत्वपूर्ण भुमिका रहिरहने बताउनुभयो ।

बिज्ञापन

नव निर्वाचित अध्यक्ष भरतबहादुर थापाले जानकी जेसीज स्थापना भएको थोरै समय भएकाले सबैसंग सहाकार्य गरि जानकी गाउँपालिकालाई जानकी जेसीजमय बनाउने बताउनुभयो ।
कार्यक्रममा नेपाल जेसीजका रााष्ट्रिय उपाध्यक्ष चिरञ्जीवी शर्मा, जानकी गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रदिप कुमार चौधरी, उपाध्यक्ष उमा महत्तो, नेपाल जेसीज सन् २०२२ का रााष्ट्रिय कार्यकारी उपाध्यक्ष अनिल शाही, वौनिया जेसीज सन् २०२२ का अध्यक्ष कृष्ण ओझा, रााष्ट्रिय मावि आमौराका प्रधानाध्यापक उदयराम खत्री लगायतले मन्तव्य राख्नु भएको थियो ।

जानकी जेसीजको अध्यक्षमा भरत बहादुर थापा, उपाध्यक्षमा सोमति चौधरी, सुरेन्द्र भण्डारी, अनिता चौधरी, खकेन्द्र रेग्मी, कार्यकारी उपाध्यक्षमा आशिष जोशी, सन्तोष कठरिया, कोषाध्याक्षमा अनिल चौधरी, महासचिवमा भिमबहादुर थारु र कानुनी सल्लाहकारमा कमल महत्तो चयन हुनु भएको छ । भरतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम संचालन महासचिव भिमबहादुर थारुले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।