रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग

काठमाडौ/सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित सांसद रवि लामिछाने अयोग्य ठहर गरेपछि आफू स्वतः विजयी भएको घोषणाको माग गर्दै कांग्रेस उमेदवार उमेश श्रेष्ठले आज निर्वाचन आयोग जानेतयारी गरेका छन्।
रवि लामिछानेको नागरिकता प्रकरणले नेपाली राजनीति निकै फेरबदल हुने संकेत देखापरे पछि नेपाली काङ्ग्रेस बाट चितवन् क्षेत्र नम्बर-२का रविलामिछानेका प्रतिद्वन्दी रहेका श्रेष्ठ अहिले केहीबेरपछि निर्वाचन आयोग पुगेर आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने माग गर्दैछन् ।

“सर्वोच्चअदालतले उमेदवारको प्रक्रिया नै खारेज गरेपछि अब दोस्रो स्थानमा रहेको व्यक्ति स्वतः विजयी हुनुपर्ने श्रेष्ठको माग रहेको छ। “निर्वाचन आयोगमा सातवटा सम्म उजुरी पर्दा पनि टुंगो लगाउन नसकेकोले अहिलेको स्थिति सृजना भएको उनको भनाइ छ समयमा टुङ्गो लगाएको भए रविजी उमेदवार नै बन्न पाउनुहुँदैनथ्यो । तर आयोगले त्यो गरेन । आयोगले समयमा निर्णय नगर्दा उहाँलाई र मलाई पनि अप्ठेरो पर्यो । म मेरो हक अधिकार खोज्न आयोग जान लागेको हुँ ।”
उनले आफू हिजो पनि र आज पनि रविको विरोधमा नरहेको तर अदालतले नै अयोग्य ठहर गरेपछि हक अधिकार सुनिश्चित गर्न माग गर्दै जान लागेको बताए ।
सर्वोच्चको फैसला आउँदा आफू बझाङमा रहेको बताउँदै उनले भने, “आज निर्वाचन आयोगमा गएर निवेदन दिने उनले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
