खेलकुद

कुशलले स्कटल्याण्डविरुद्ध बनाए महत्वपूर्ण अर्धशतक

बिज्ञापन

काठमाडौं । ब्याटिङमा संघर्ष गरिरहेको नेपालका लागि कुशल मल्लले स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

बिज्ञापन

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २७४ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ४२ बलमा ३ छक्का ६ चौकाको मद्दतमा अर्धशतक पुरा गरे ।

कुशलले दीपेन्दसिंह ऐरीसँग ४६ रनको साझेदारी गर्दै अर्धशतक पूरा गरेका हुन् । यो कुशलको दोस्रो एकदिवसीय अर्धशतक हो ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा शीर्ष क्रमका ब्याटर १० ओभरअघि नै आउट भएपछि पाँचौं नम्बरमा क्रिजमा आएका कुशलले अर्धशतक बनाउँदै संकटमा रहेको नेपाललाई केही राहत दिएका छन् ।

नेपाल १९.४ ओभरको समाप्तिमा १२५/५ को अवस्थामा छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी २१ रन र कुशल ५२ रन बनाएर खेलिरहेका छन् ।

नेपालले पावर प्ले नसकिँदै शीर्ष क्रमका ब्याटर गुमाइसकेको छ । नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ८ बल खेल्दै ४ चौका प्रहार गरेर १६ रनमा आउट भए ।

आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४, कप्तान रोहित पौडेल ६ र सुन्दिप जोरा ५ रनमा पभेलियन फर्किएपछिनेपाल संकटमा परेको हो ।

स्कटल्यान्डका तीब्र गतिका बलर क्रिस सोलले तीन र मार्क वाटले दुई विकेट लिए ।

बिज्ञापन