‘भ्रष्टाचार रोक्न काम गर्नेछु, कति दिन मुख्यमन्त्री हुन्छु परबाह छैन’- मुख्यमन्त्री कमलबहादुर शाह

धनगढीः मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार हुन नदिन निर्मम भएर लाग्ने बताएका छन्। आफू जति दिन सरकारमा बसे पनि भ्रष्टाचार रोक्न प्रतिबद्ध भएर काम गर्ने उनले बताएका हुन्। राम्रो काम गर्न भनेर जनताले हामीलाई जिताएर पठाएका छन्। धेरै कुरा सिक्न बाँकी रहेको भए पनि आफूमा केही गर्नुपर्छ भन्ने हुटहुटी रहेको भन्दै जति दिन सरकारमा रह्यो त्यति दिन सम्म प्रदेशको समग्र विकास र नीतिगत सुधारका क्षेत्रमा काम गर्ने मुख्यमन्त्री शाहले बताए।
‘म कमिसन खानेवाला छैन’ शुक्रवार जिल्ला समन्वय समितिको सातौं जिल्ला सभा तथा वार्षिक प्रगति समिक्षा र अनुभव आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले भने, ‘अहिले भ्रष्ट्राचारको धेरै समस्या रहेको गुनासो आउने गरेको छ, त्यसलाई पनि रोक्ने प्रयास गर्ने छु, जानेको राम्रो गर्छु नराम्रो गर्ने छैन।’

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
