सुदूरपश्चिम प्रदेश

बर्दगोरियामा खुकुरीसहित दुई जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीमा खुकुरीसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ टिन बजारबाट एक थान खुकरीसहित मिनबहादुर धामी र लालबहादुर विक पक्राउ परेका हुन्।

उनीहरुबाट लागूऔषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रूपैयाँ र १ थान खुकुरी बरामद गरिएको हो।

बिज्ञापन

पक्राउ पर्ने बर्दगोरिया गाउँपालिका–४ का ४० वर्षीय विक र लम्किचुहा नगरपालिका–४ का २५ वर्षीय धामी रहेको प्रहरीले बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।