राजनीति

दुर्गा प्रसाइँलाई कारबाही गर्ने एमालेको तयारी

बिज्ञापन

झापा । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने तयारी गरेको छ । एमाले प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हाे ।

बिज्ञापन

शनिबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईँले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो । प्रदेश १ कमिटी संयोजक तुलसी न्यौपानेका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पार्टी हितविपरित रहेकाले उनलाई कारबाहीको सिफारिस गरिएको हो ।

दुर्गा प्रसाईंले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारसलाई सहभागी गराएर झापामा एक कार्यक्रमको आयोजना गरेका थिए । मुलुकमा गणतन्त्र स्थापनाका लागि एमालेले गरेको योगदानलाई बिर्सेर प्रसाईंले आफ्नो मनोमानी तरिकाले पार्टी हितविपरित कार्य गरेको एमाले नेताहरूले बताएका छन् ।

प्रदेश कमिटीको सिफारिस अनुसार प्रसाइँदलाई कारबाही प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश कमिटीको पत्रानुसार प्रसाइँलाई कारबाही प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

बिज्ञापन