Sudur Pradesh News

बर्दगोरियामा खुकुरीसहित दुई जना पक्राउ

बिज्ञापन

धनगढीः कैलालीमा खुकुरीसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ टिन बजारबाट एक थान खुकरीसहित मिनबहादुर धामी र लालबहादुर विक पक्राउ परेका हुन्।

बिज्ञापन

उनीहरुबाट लागूऔषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रूपैयाँ र १ थान खुकुरी बरामद गरिएको हो।

पक्राउ पर्ने बर्दगोरिया गाउँपालिका–४ का ४० वर्षीय विक र लम्किचुहा नगरपालिका–४ का २५ वर्षीय धामी रहेको प्रहरीले बताएको छ।

बिज्ञापन