घटना समाचार

टर्की भूकम्प : १३ दिनपछि तीन जनाको जीवितै उद्धार

बिज्ञापन

इसतानबुल । टर्कीमा उद्धारकर्ताले १३ दिनपछि एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन् ।

बिज्ञापन

उद्धारकर्ताहरूले शक्तिशाली भूकम्पमा परी भत्किएका भग्नावशेषमा फसेको २ सय ९६ घण्टापछि शनिबार तीन जनालाई जीवितै उद्धार गरेका हुन् ।

टर्कीका उद्धारकर्ताले १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।

तीमध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उनीहरुको नाम भने खुलेको छैन ।

गत फेब्रुअरी ६ मा ७।८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढीको ज्यान लिएको सार्वजनिक भईसकेको छ । सो भुकम्पमा परी लाखौं व्यक्तिहरु सुरक्षित आवासविहीन हुन पुगेका छन ।

चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। तर, पछिल्ला केही दिनमा उनीहरूको संख्या थोरैमा झरेको छ ।

चिसो मौसम र लामो समय भग्नावशेष हटाउन नसक्दा बाँकीलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बने पनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीव्रता दिइरहेका छन् ।

बिज्ञापन