घटना

जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जाजरकोट, फागुन ८ गते । जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु गएको छ । नलगाड नगरपालिका – १ का ६५ वर्षीय भद्र कामीको भीरबाट लडेर मृत्यु भएको हो । 

गत शनिबार खच्चरमा सामान लिएर नलगाड नगरपालिका १ जुरेलीतर्फ गएका उहाँ फर्किन क्रममा जुरेलीको पुवाँ डाँडा भीरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दल्लीका इन्चार्ज दलबहादुर बिष्टले बताउनुभयो ।

बिज्ञापन

दुई दिनसम्म सम्पर्कमा नआएपछि परिवारले खोजतलास गर्दै जाने क्रममा भीरबाट लडेर कामीको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । खच्चर धपाउने क्रममा लडेर दुई सय मिटर तल खसेको अवस्थामा शव फेला परेको  इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी नायब निरीक्षक इन्चार्ज बिष्टले जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।