Sudur Pradesh News

बझाङमा मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

बिज्ञापन

बझाङ: मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ। धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई÷चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ। दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको साविकको दौलिचौर गाविस ९अहिलेको सुर्मा गाउँपालिका–१० मा भने मदिरा सेवन गरेर जरिवाना तिर्नेलाई खासै छोएन। जति जरिवाना तिरे पनि सेवन गर्ने र बिक्री गर्ने कम भएनन्।

बिज्ञापन

जिल्लामै दौलिचौर गाविस सबैभन्दा बढी अशान्त भइरह्यो । नेपाल प्रहरीले पनि ४५ जनासम्म सुरक्षाकर्मी राख्यो। जिल्लामै चुनौतीको विषय बनेको मदिरा र हिंसा केही वर्षपछि मात्रै साम्य हुँदै गयो। विसं २०६७ दौलिचौरमा मदिरा अत्यधिक भएपछि नियन्त्रण समिति बन्यो। समितिले मदिरा बेच्ने, सेवनलाई चर्को जरिवाना तोक्यो। सुरक्षाकर्मीलाई जँडिया समात्ने जिम्मेवारी दिइयो। समितिका अध्यक्ष बने गोरखबहादुर बोहरा। उनको कार्यकालमा मदिराको जरिवानाबाट ३२ लाख सङ्कलन भयो।

विसं २०६७ देखि २०७४ सालसम्म मदिरा नियन्त्रण समितिले दौलिचौरमा सङ्कलन गरेको रकम जम्मा गरेर दौलिचौर माध्यामिक विद्यालयलाई हस्तान्तरण ग¥यो। उनले भने, ‘त्यसबाट २५ प्रतिशतअर्थात् आठ लाख जँडिया समातेबापत प्रहरीलाई दियौँ। बाँकी सङ्कलन भएको रकमले विद्यालयको पक्की भवन बनायौँ।’ उनका अनुसार जिल्लामै तत्कालीन सयममा मदिराको भण्डार दौलिचौरलाई मानिन्थ्यो।

बिज्ञापन