टीकापुर

टीकापुर नगरपालिकाले विपद् व्यवस्थपनका लागि ५० जनालाई अस्थायी आवास निर्माण सम्बन्धी तालिम

बिज्ञापन

टीकापुर । टीकापुर नगरपालिकाको आयोजनामा अस्थायी आवास निर्माण सम्बन्धी तीन दिने तालिम भएको छ ।

बिज्ञापन

तालिममा १ देखि ४ नं. वडाका २५ जना सहभागी थिए । तालिममा विपद् पश्चात आवश्यक पर्ने अस्थायी घर निर्माण, घर निर्माण गर्दा चाहिने पूर्वाधारबारे जानकारी दिइएको छ । तालिममा प्रयोगात्मक रुपमा घर बनाउन समेत सिकाइएको छ । तालिमका सहभागीलाई बंकर घर र छाना भएको टहरा बनाउन सिकाइएको विपद् व्यवस्थापन शाखा प्रमखु निर्मला चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा टहरामा बस्दा अत्यावश्यक कुराहरु शौचालय, खानेपानी, उपचारको व्यवस्था, सुरक्षा आदिबारे समेत जानकारी दिइएको छ । तालिमलाई रेडक्रस कैलालीका कोषाध्यक्ष भीमबहादुर महरले सहजीकरण गर्नुभएको थियो । महरले अपेक्षा गरेभन्दा राम्रो सहभागिता र लगनशिलता रहेकाले आउँदा दिनमा विपद् व्यवस्थापनमा यो टिम खट्नेमा आशावादी रहेको बताउनुभयो ।

वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका उपसचिव दमनर्सिंह चौधरीले विपद्का समयमा आवश्यक जनशक्ति उत््पादनका लागि तालिम दिइएको बताउनुभयो ।

अध्यक्ष बलिराम चौधरी उत्पादन भएको जनशक्ति सबै वडामा प्रयो गरिने बताउनुभयो । यसपछि अन्य वडाका सहभागीलाईसमेत तालिम दिइने भएको छ । आउँदा दिनमा खोज तथा उद्दार, प्राथमिक उपचार, तथ्यांक व्यवस्थापन, प्रारम्भिक लेखाजोखा प्रणाली लगायतका तालिम दिने योजना रहेका बताउनुभयो । 

बिज्ञापन