राजनीति

प्रचण्डले हातमा चक्कु बोक्नुभयो र भन्नुभयो यो ‘फूल’ हो : ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हातमा चक्कु बोकेर फूल हो भन्ने गरेको आरोप लगाए ।

शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रपति निर्वाचनमा सहमतिविपरीत माओवादीले कांग्रेसलाईं समर्थन गर्ने निर्णयप्रति कटाक्ष गर्दै यस्तो बताए ।

बिज्ञापन

‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै गर्नुहुन्छ कार्य बेग्लै । देब्रेपट्टि हेर्नहुन्छ निशाना दाहिनेपट्टि हुन्छ । उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो । तर मलाई भन्नुभयो यो फूल हो भनेर तर मेरो आँखाले धोका खाएन । उहाँ जनतालाई धोका दिन अप्ठ्यारो मान्नुहुन्न’, ओलीले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।