राष्ट्रिय समाचार

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको विदेश भ्रमण स्थगित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारण देखाउँदै प्रधानमन्त्रीको कतार भ्रमण स्थगित गरिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने कार्यक्रम तय भएको थियो । तर, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच छलफल गर्नुपर्नेलगायतका कारण कतार भ्रमण स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

बिज्ञापन

प्रधानमन्त्री प्रचण्डले आइतबार नै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।