टीकापुर

उद्योग बाणिज्य संघ टीकापुरद्वारा चरणबद्ध विरोधका कार्यक्रमको घोषणा, १८ गते सबैलाई बैंकहरुमा पैसा डिपोजिट नगर्न अपिल

बिज्ञापन

टीकापुर, १७ टीकापुर । उद्योग बाणिज्य संघ टीकापुरद्वारा चरणबद्ध विरोधका कार्यक्रमको घोषणा गरेको छ साथै भोलि १८ गते सबैलाई बैंकहरुमा पैसा डिपोजिट नगर्न अपिल गरेको छ ।

बिज्ञापन

फागुन १६ गतेबाट आफ्नो विरोधको कार्यक्रम आरम्भ गरेको संघले दिनुहुँ विहान ८ बजेदेखि ११ बजेसम्म टीकापुर बजार क्षेत्रमा ¥याली र कोणसभा गरेर आफ्नो विरोध प्रदर्शन गरिरको छ ।


त्यसै क्रममा आज बुधबार पनि संघले विरोध ¥यालीको आयोजनागरि भोलि १८ गते कुनैपनि बैंककमा पैसा जम्मा (डिपोजिट) नगर्ने बताएको छ, साथै सम्पूर्ण आम जनताहरुलाई पनि उक्त दिन बैंक डिपोजिट नगर्न अपिल गरेको छ । बैंकहरुले आफूमर्जि चर्को व्याज दर बृद्धि गरेर सानादेखि ठुला व्यापारीहरु राम्रोसंग आफ्नो व्यापार–ब्यवसाय गर्न नसकेको र बैंकको ऋणले व्यापारिहरु दिनानुदिन ऋणको ठुलो चपेटामा परेर व्यापार–ब्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।


फागुन २० गतेसम्म क्रमबद्ध रुपमा आन्दोलन गरिरहने र यदि आफ्नो विचारको कुनै सुनवाई नभए अझै यसलाई अरु सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउने टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले मालिका समाचारलाई बताउनुभयो ।

बिज्ञापन